
काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेबिच भेटवार्ता भएको छ ।
श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएकी मन्त्री पौड्यालले गएराति प्रधानमन्त्रीसँग भेट गरी दुई देशबीचको आपसी सबन्ध र सहकार्यका विषयमा छलफल गर्नुभएको हो ।
श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले आपसमा सहार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गर्नुभएको थियो ।
हिजो नै उहाँ श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभएको थियो ।
परराष्ट्मन्त्री पौड्याल आज बिहानै सुर्योदयसँगै श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी हुनुभएको छ । उहाँले आज दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।