
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (एस)ले राजनीतिक प्रतिवेदन पेश गरेको छ। आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो।
यस्तै, २५ पृष्ठ लामो प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, देशका राजनीतिक शक्तिहरु, सरकारमा पार्टीको सहभागिताको समीक्षा, निर्वाचनलगायतका विषय समेटिएको छ।