रास्वपाका नेताहरू पार्टी कार्यालय बसुन्धारामा आन्तरिक छलफलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू सरकारमा रहने वा बाहिरिने भन्नेबारे निर्णय लिन आन्तरिक छलफलमा जुटेका छन्। उनीहरू अहिले पार्टी कार्यालय बसुन्धारामा छलफलमा जुटेका हुन्।

छलफलअघि पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुग्नुभएको थियो। अहिले १ बजेका लागि संसद बैठक बस्दैछ। त्यसअघि नै रास्वपाले सरकारमा रहने या नरहने बारे टुंगो लगाउँदैछ।

सो छलफलपछि रास्वपाले पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्नेछ। नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेलाई दोषी ठहर गरेपछि उहाँको उपप्रधान, गृहमन्त्री र सांसद पद गुमेको छ। पुनः नागरिकता लिएसँगै लामिछानेले गृहमन्त्रीमा दावी गर्दै आउनुभएको छ । प्रधानमन्त्री प्रचण्ड यस विषयमा सहमत हुनुहुन्न्।

यस्तै, लामिछानेले गृह नपाए सरकार छोड्ने चेतावनी समेत दिनुभएको थियो।

Back to top button