राष्ट्र बैंकका गभर्नर राणाको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्धारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालयशमशेर राणाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

गभर्नर राणाको असामयिक निधनको खबरले स्तब्ध र दुःखी बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डले आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । प्रचण्डले राष्ट्रका निम्ति राणाले पुर्‍याएको योगदानप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।

राणाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। निमोनियका कारण ९५ वर्षका उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आउनुभएका राणा उपचारका लागि केही दिनअघि अस्पताल भर्ना हुनुभएकाृ थियो।

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । राणाका दुई छोरा र दुई छोरी छन्।

Back to top button