राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट अर्यालको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेवारी दर्ता गराउनुभएको छ । आज बानेश्वरस्थित संसद भवनको ल्होसे हलमा पुगेर नेकपा माओवादी केन्द्रकी उम्मेदवार अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

माओवादी केन्द्रको हिजो बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो।राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ।

राष्ट्रियसभा अध्यक्षमा एमालेबाट गणेशप्रसाद तिमिल्सना हुनुहुन्छ। राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्ष फरक–फरक पार्टीको हुनुपर्ने कानुनी व्यवस्था छ।

राष्ट्रियसभामा हाल ५८ जना सांसद छन्। उपाध्यको निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन भोलि हुँदैछ।

Back to top button