यतिबेला कांग्रेस पानी बाहिरको माछाजस्तै छट्पटाइरहेको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस यतिबेला पानी बाहिरको माछा जस्तै छटपटाएको टिप्पणी गर्नुभएको छ ।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी गर्नुभयो ।

‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छटपटाएको देखिन्छ । कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ’ अध्यक्ष ओलीले भन्नुभयो ।

Back to top button