
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख पदमा निर्वाचन हुनुभएकोमा देवराज घिमिरेलाई बधाई दिनुभएको छ । यसअघिको संसद बैठकमा आफू उपस्थित भएर बधाई दिन नपाएको भन्दै ओलीले आजको बैठकबाट सभामुख घिमिरेलाई बधाई दिनुभएको हो ।
उहाँले संसदको गरिमा बढाउन सभामुखको भूमिका उल्लेख्य रहने बताउँदै प्रतिनिधिसभाको अपेक्षा अनुसार काम गर्न सुझाव दिनुभयो।
ओलीले भन्नुभयो,‘सभामुखमा निर्वाचित भएकोमा बधाई छ। प्रतिनिधिसभाको अपेक्षा बमोजिम कार्यसम्पादन गर्न सक्नुहोस्। संसदको गरिमा बढाउन भूमिका होस्। उपसभामुखलाई पनि बधाई भन्न चाहन्छु।’