राष्ट्रपति भण्डारीले संसदमा सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने हुनुभएको छ । उहाँले माघ २७ गते (शुक्रबार) दिउँसो ३ बजेको बैठकमा सम्बोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५ः०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भएको छ’, राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Back to top button