युरोपेली आयुक्त उर्पिलाइनेन नेपाल आउँदै

काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउने हुनुभएको छ ।

काठमाडौंस्थित यूरोपेली संघ (ईयू)दूतावासका अनुसार आयुक्त उर्पिलाइनेनले आफ्नो एकदिने भ्रमणमा नेपाली नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । युरोपेली संघका विभिन्न कामको अनुगमन गर्न उर्पिलाइनेन माघ २५ गते काठमाडौं आउन लाग्नुभएको हो ।

आज आयुक्त उर्पिलाइनेनले विज्ञप्ति जारी गर्दै आफ्नो भ्रमणबारे जानकारी गराउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘हाम्रो साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विषयमा संलग्न हुन नेपाल भ्रमण गर्न पाउँदा म खुसी छु । रुसको युक्रेन विरुद्धको आक्रामक युद्धले नेपाललगायत विश्वमा खाद्य सुरक्षामा विनाशकारी परिणाम ल्याएको छ । म हाम्रो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्न तत्पर छु,डिजिटल,ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट,स्वच्छ र सुरक्षित लिङ्कहरू बढाउन र विश्वभर स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीहरूलाई सुदृढ गर्न साझेदारहरूलाई इयुले सकारात्मक प्रस्ताव जारी गरेको छ ।’

Back to top button