सरकारबाट बाहिरिने रास्वपाको निर्णय, मन्त्रीहरुले आजै राजिनामा बुझाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो । सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।

यो सँगै आजै रास्वपाबाट मन्त्री हुनेहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा बुझाउने पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभएको छ ।

रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री हुनुहुन्छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथ गृहमन्त्री थिए । तर नागरिकता मुद्दामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उहाँ पदमुक्त हुनुभएको हो ।

नेपाली नागरिकता लिएपछि उहाँ उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहनुभएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय दिन नमानेपछि रास्वपाले सरकार नै छाड्ने निर्णय गरेको हो ।

Back to top button