महिला साफ यू– २० च्याम्पियनसिपः भुटान बिरुद्ध नेपाल ४–० ले विजयी

काठमाडौं । महिला साफ यू–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ । अमिशा कार्कीको ह्याट्रिकमा नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

खेलको १९ औं मिनेटमा कार्कीले पहिलो गोल गर्दैै नेपाललाई अग्रता दिलाउनुभएको हो । पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा कार्कीले दोस्रो गोल गर्दै नेपाललाई पहिलो हाफमा २–० को अग्रता दिलाउनुभयो ।

खेलको ६० औं मिनेटमा दिपा शाहीले नेपालका लागि गोल गर्ने एक सुनौलो अवसर गुमाउनुभयो । मनमाया दमाईको बायाँतर्फबाट आएको क्रस खुट्टामा लागेर पोष्ट माथि हुँदै बाहिरिएको थियो ।

त्यसको १ मिनेटपछि नै खेलको ६१ औं मिनेटमा दिपा शाहीको सट भुटानकी गोलरक्षक सोनम पेल्डेनले सेभ गरेको बल रिवाउन्ड हुँदा कप्तान प्रीति राईले बलको सदुपयोग सुट गर्दै नेपालको लागि तेस्रो गोल गर्नुभयो ।

तेस्रो गोलको एक मिनेटपश्चात नेपाली फरवार्ड अमिशा कार्कीले ह्याट्रिक गर्दै नेपालको लागि चौथो गोल गर्नुभयो । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले घरेलु मैदान बंगलादेशसँग ३–१ को हार बेहोरेको थियो ।

आजको दोस्रो खेल घरेलु टिम बंगलादेश र भारतबीच बेलुकी पौने ७ बजे हुनेछ । नेपालले आजको खेलमा ४–० को फराकिलो जितेसँगै शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

Back to top button