
काठमाडौं । सेयर कारोबारको पहिलो दिन आज नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसूचक १ दशमलव ५४ अंकले बढेर २०९६ दशमलव ०८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १ दशमलव ८९ अंकले बढेको छ।
यसदिन २ सय ५८ कम्पनीको ५२ लाख ६ हजार ३ सय ७० कित्ता सेयर १ अर्ब ९३ करोड १७ लाख १९ हजार १ सय ३ रूपैयाँमा खरिदबिक्री भयो।
आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। यो कम्पनीको ६ करोड ४४ लाख रूपैयाँमा सेयर किनबेच भयो।
यस्तै, ५ अर्ब ८५ करोड बढिको सेयर कारोबार गरी एनआईसी एसिया दोस्रो स्थानमा रह्यो भने र ५ अर्ब ७४ करोड मूल्यको सेयर कारोबार गरी नविल बैंक तेस्रो स्थानमा रह्यो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ८ को मूल्य बढ्यो भने ५ को घट्यो। फाइनान्स समूहको सूचक सर्वाधिक १ दशमलव ६१ प्रतिशतले बढ्यो।