सीएनआई एक्स्पोमा आज साँझ मंगोलियन हर्टको प्रस्तुति

विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा आज साँझ चर्चित ब्याण्ड मंगोलियन हार्ट र उक्त ब्याण्डका स्पन्दन राजु लामाको प्रस्तुति हुने भएको छ ।

राजु लामाले गाएका ‘नतानु त तानु लाग्ने, बादल पारीको देशबाट, उँभो उँभो खासा म जाँदा, ओइ नाना, सायद तिम्रो बाटोमा, गाजलु टिका, तिमीलाई देखेर, पर्खाइमा, हल्ला चलेछ’ जस्ता गीत अहिलेपनि उतिकै चर्चित रहेका छन् ।

राजु लामाले पपसँगै नेपाली संगीतमा २५ बर्ष विताइसक्नुभएको छ भने सातवटा भन्दा बढि एल्बमबाट उहाँले दर्जनौं गीत स्रोता र दर्शकका लागि पस्किसक्नुभएको छ ।

लामाले विराटनगरकै स्टेजमा सम्भवत पहिलो पटक प्रस्तुति दिन लाग्नुभएको हो भने यस क्षेत्रका उहाँका फ्यानहरुका लागि स्टेजमा प्रत्यक्ष हेर्ने र सुन्ने अवसर मिलेका छ ।

एक्स्पो आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ ले माघ १९ देखि सुरु गरेको एक्स्पो २८ गतेसम्म अर्थात लगातार १० दिन सञ्चालन हुनेछ ।

Back to top button