
विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभाको छैटौं बैठक आज बस्दैँ छ । विजनेश अभावमा गत पुष ३० गतेदेखि स्थगित बैठक आज बस्न लागेको हो ।
पुष ३० मा उपसभामुखको निर्वाचनपछि स्थगित भएको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठक आज दिउँसो १ बजे बस्दैछ ।
संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । तर पुष २५ गते गठन भएको सरकारले संसदमा कुनै विधेयक दर्ता गरेको छैन ।
प्रदेशसभामा दुई वटा अध्यादेश पेश भइसकेका छन् । प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश पेश भएको थियो ।
प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, नियमावली मस्यौदा समिति गठन र यसअघि पेश भएका दुई अध्यादेशलाई अगाडि बढाउने कार्यसूची छ । भोलिको बैठकमा भने प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्नुहुने तयारी छ ।