रवि लामिछानेको जाँच गरौं : नेता रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जाँच गर्नुपर्ने टिप्पणी गर्नुभएको छ ।

‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ । आलोचना सुन्छ । सत्य तथ्य औंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौं’ नेता रावलले ट्वीट गर्नुभएको छ ।

यस्तै, सरकार छाडेको घोषणा गर्दै हिजो गरेको पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले सञ्चार माध्यम र पत्रकारमाथि गालीगलौज गर्नुभएको थियो।

Back to top button