रास्वपाका तीन जानै मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन जानै मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीको राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

साथै राजीनामापछि रिक्त तीन मन्त्रालयको जिम्‍मेवारी राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोक्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले हिजै सरकारी निवास वालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए ।

Back to top button