
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच छलफल चलिरहेको हो। उहाँहरूबीच समसामयिक विषयवस्तु, राजनीतिक घटनाक्रमको विषयमा भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यस्तै, हिजो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।