सीएनआई कोसी एक्स्पोमा आज ‘कमेडी किङ’ मनोज गजुरेल र गायक एकदेव लिम्बुको प्रस्तुति

विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको छैटौं दिन आज मनोज गजुरेलको रोचक घोचक प्रस्तुति हुने भएको छ । यस्तै युवाहरु माझ लोकप्रिय गायक एकदेव लिम्बुले आफ्ना प्रस्तुतिहरु राख्नुहुने भएको छ ।

‘कमेडी किङ’ गजुरेलले विभिन्न व्यक्तिहरुको क्यारिकेचरका साथै एकल प्रहसन प्रस्तुत गर्नुहुने छ भने समाजका विभिन्न क्षेत्रका बिकृति विसंगतिविरुद्ध व्यंग गर्नुहुनेछ ।

‘आँखा आउने सपनी’ भन्ने गीतबाट संगीत क्षेत्रमा चर्चाको चुलीमा रहेका लिम्बुले त्यस्तै खालका थुप्रै गीत संगीत प्रस्तुत गर्नेछन् । उहाँले गाएको ‘गाजल टिकी, तिम्रो मुटुमा, आ है, बाहाना, शिरफुल’ जस्ता गीत चर्चित छन् ।

एक्स्पोमा टिकट काट्ने समय र टिकटको दरलाई निकै सहज बनाइएको छ । बेलुका साढे ६ बजेसम्म १०० रुपैया“मा टिकट पाइने छ । ९ कक्षा मुनिका विद्यार्थीहरुका लागि भने उक्त समयभित्र टिकट दर ५० रुपैया“ मात्रै रहेको छ ।

साढे ६ बजेपछि भने टिकट दर २०० रुपैया“ नै रहने छ । टिकट काटिसकेका अवलोकनकर्ताहरुले जुनसुकै समयमा पनि प्रवेशद्वारबाट सहज रुपमा एक्स्पो स्थलमा प्रवेश पाउने व्यवस्था गरिएको छ । एक्स्पो विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा माघ २८ गतेसम्म जारी रहने जनाइएको छ ।

Back to top button