राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्धारा पदभार ग्रहण

काठमाठौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले आज पदभार ग्रहण गर्नुभएको छ ।

पदभार लिनुअघि उपाध्यक्ष अर्यालले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो।

पदभार गरेलगत्तै उपाध्यक्ष अर्यालले संघीय संसदमा महिला सांसदहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेको संघीय सचिवालयले जनाएको छ।

नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य रहनुभएकी अर्याल हिजो उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो।

Back to top button