मधेस प्रदेशः मन्त्री यादव र राज्यमन्त्री अन्सारीद्धारा शपथ ग्रहण

जनकपुर । मधेस प्रदेश सभामा मन्त्री र राज्यमन्त्री गरी थप २ जना मन्त्रीले शपथ लिनुभएको छ । नेकपा माओवादी केन्द्रबाट भूमि व्यवस्था, उद्योग, पर्यटन तथा वन मन्त्रालयमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिनुभएको छ ।

मधेस प्रदेशमा माओवादी केन्द्रले सुरुमा २ मन्त्रालय माग गरेपनि भागबण्डामा एउटा मन्त्रालय परेपछि शपथ ग्रहण रोकिएको थियो। दुवैलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ गराउनुभएको हो ।

यस्तै, शपथ ग्रहण समारोहमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, अन्य मन्त्रीहरू तथा मन्त्रालय सचिवहरूको समेत उपस्थिति रहेको थियो ।

Back to top button