एभरेष्ट एजुकेशन फाउण्डेसनले तीन दिने ‘एभरेष्ट कार्निभल’ आयोजना गर्दै

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट एजुकेशन फाउण्डेसनले तीन दिवसीय ‘एभरेष्ट कार्निभल २०७९’ को आयोजना गरेको छ । ‘उत्कृष्टता नवप्रर्वदन र विकासतर्फको यात्रा’ भन्ने मुल नाराका साथ अघि बढेको एभरेष्टले पहिलो पटक ‘एभरेष्ट कार्निभल’को आयोजना गर्न लागेको हो ।

एभरेष्ट कलेजमा आज आयेजित पत्रकार सम्मेलनमा फाउण्डेसनका संस्थापक तथा प्रिन्सिपल टिकाराम पुरीले यहि माघ २७ वाट २९ गतेसम्म कलेज परिसरमा एभरेष्ट कार्निभलको आयोजना हुने बताउनुभयो । उहाँका अनुसार कार्निभलकै बिचमा दुई दिन अभिभावक दिवस समेत मनाईने छ ।

पहिलो दिन विराटनगर महानगरपालिकाका प्रमुख श्री नागेश कोईरालाको प्रमुख आतिथ्यतामा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थी र तिनका अभिभावकका बिच दिवस मनाउने एभरेष्ट फाउण्डेसनले जनाएको छ ।

यस्तै दोस्रो दिन कक्षा ६ देखि १२ सम्मका विद्यार्थी र अभिभावकको उपस्थितीमा सामाजिक विकास मन्त्रि बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा अभिभावक दिवस मनाउने भएको छ ।

विद्यार्थीहरुले सिकेका बिषयलाई व्यवहारत उतार्नका निम्ति यो कार्निभल फलदायी हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो । कार्निभलमा विद्यार्थीहरुद्वारा तयार पारिएका ५० भन्दा बढी विज्ञान, गणीत तथा व्यवस्थापन विषयसँग सम्बन्धित परियोजनाहरु प्रर्दशनीमा राखिने कलेजका भाइस प्रिसिन्पल नारायण कडरियाले बताउनुभयो ।

उहाँका अनुसार कलेज परिसरमा १८ वटा स्टलहरु राखिनेछन् । ति स्टलहरुमा विभिन्न अन्वेषणात्मक परियोजनाहरुको प्रर्दशनी, कला प्रदर्शनी, मिनि म्युजियम, पुस्तक प्रदर्शनी, विद्यार्थीहरुद्वारा सञ्चालित खानाका स्टलहरु, फेस पेन्टिङ स्टल, एभरेष्ट एचिभमेन्ट ग्यालरीका साथै नोवल अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत रहने उहाँले बताउनुभयो ।

कार्निभलमा विद्यार्थीले गर्ने हरेक प्रदर्शनीले अवलोकनकर्ताको ध्यान आकृष्ट गर्ने एभरेष्ट स्कुलका भाई प्रिन्सिपल टिएन भण्डारीले बताउनुभयो । अझ कार्निभलमा राखिने एकैपटक १०० जनाले अवलोकन गर्न सकिने प्लानेटेरियमले विद्यार्थी तथा अभिभावकको ध्यान आकृष्ट गर्ने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

यस्तै कार्निभलको दौरान विद्यार्थीहरुले नृत्य, गायन तथा अन्य साँस्कृतिक कार्यक्रमले भरपुर मनोरञ्जन प्रदान गर्ने फाउण्डेसनले विश्वास लिएको छ । अझ अन्तिम दिन अर्थात २९ गते विद्यार्थीहरुको सांगितिक प्रस्तुतिसँगै ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु कालिप्रसाद बाँस्कोटा, अस्मिता अधिकारी र अञ्जु गौतमको सांगितिक कन्र्सटले उपस्थितलाई भरपुर मनोरञ्जन दिने छ ।

हरेक क्षेत्रमा विद्यार्थीहरुको प्रत्यक्ष सहभागितामा हुने यस मेघा उत्सवले अन्तरनिहित क्षमताको प्रस्फुटन गर्न सघाउ पुग्ने विश्वास प्रिन्सिपल पुरीले बताउनुभयो । करिब ३० लाख रुपैयाँको लागत लाग्ने अनुमान गरेको एभरेष्ट कार्निभललाई विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, बुद्धिजीवि र शिक्षा क्षेत्रसँग जोडिने करिब २५ हजार जनाले अवलोकन गर्ने अनुमान फाउण्डेसनको छ ।

विराटनगरमा २०५० सालमा स्थापना भएको एभरेष्ट स्कुलले २०७२ सालदेखि एभरेष्ट कलेज समेत सञ्चालन गर्दै आएको छ । प्रविधि, सीप र संस्कारलाई एकसाथ व्यवहारत लागु गर्दै अध्यापन गराउने उद्देश्य बोकेको एभरेष्टले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि आवश्यक भौतिक संरचनाहरु पनि निर्माण गरेको छ ।

भौतिक पूर्वाधार सम्पन्न एभरेष्टले विद्यार्थीका रुचिअनुसारका खेलकुदका गतिविधिमा सहभागि गराउँदै प्रशिक्षकबाट प्रशिक्षण समेत गराउँदै आएको प्रिन्सिपल पुरिले बताउनुभयो ।

Back to top button