नेप्से परिसूचक ७६ अंकले वृद्धि

काठमाडौं । आज नेप्से परिसूचक ७६ दशमलव ६४ अंकले बढेर २१७७ दशमलव ३४ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३ दशमलव १६ प्रतिशतले बढेको छ। नेप्से दोहोरो अंकले बढेसँगै हिजोको तुलनामा कारोबार रकममा पनि तेजी आएको छ।

यसदिन २६० कम्पनीको ९३ लाख ३३ हजार ७ सय ८८ कित्ता सेयर ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रूपैयाँमा खरिदबिक्री भयो। १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६ सय ४५ रूपैयाँमा खरिदबिक्री भएको थियो।

आज पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बरुण हाइड्रोपावर,खानीखोला हाइड्रोपावर,रिद्धी विद्युत,आदर्श लघुवित्त वित्तीय र रिडी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको १२ करोड बढिको सेयर कारोबार भयो। यस्तै नगदी ग्रुपको ११ करोड र अपी पावरको ९ करोड मूल्य बढिको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक बढेको छ। इन्भेस्टमेन्ट उपसमूहको सूचक सर्वाधिक ६ दशमलव २५ प्रतिशतले बढ्यो। यस्तै डेभलपमेन्ट, फाइनान्स र हाइड्रोपावरको सूचक ५ प्रतिशत बढिले वृद्धि भयो।

लाइफ इन्स्योरेन्स,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक ४ प्रतिशतले बढ्दा मनु एन्ड प्रो र माइक्रो फाइनान्सको सूचक ३ प्रतिशतले बढ्यो।

Back to top button