
फिदिम । पाँचथरमा भीर र रुखबाट लडेर २ जनाको मृत्यु भएको छ। फिदिम नगरपालिका–१३ लुङरुपाका ३८ वर्षीय मनोज नेम्बाङ र कुम्मायक गाउँपालिका–३ का ३९ वर्षीय गजेन्द्र सम्बाहम्फेको लडेर मृत्यु भएको हो।
प्रहरीका अनुसार हिजो साँझ फिदिम–७ लाङ्लापाको भीरबाट लडेर नेम्बाङको मृत्यु भएको हो।
फिदिम–५ मा रुखबाट लडेर गम्भीर घाइते हुनुभएका सम्बाहम्फेको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो।
यस्तै, कुम्मायक गाउँपालिका–५ रानिगाउँमा स्थायी घर हुनुभएका सम्बाहम्फे फिदिम–५ का राजकुमार तुम्बापोको घरमा कामदारका रूपमा बस्दै आउनुभएको थियो।