ग्रेडेड स्पोर्ट्स मिट सुरु

विराटनगर । विराटनगरस्थित गे्रडेड बोर्डिङ स्कूलमा ‘ग्रेडेड स्पोर्ट्स मिट २०७९’ सुरु भएको छ । स्कूलले आज एक कार्यक्रमको आयोजना गरि दुई दिने स्पोर्ट्स मिट सुरु गरेको हो ।

भोलीसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको छ । स्पोर्ट्स मिटमा गणित दौड, चकलेट दौंड, दौड, डोरी तान,ज्याभ्लीङ थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, कवडी र टेवलटेनिसलगायतको खेलहरू समावेश गरिएको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले बताउनुभयो ।

उक्त स्पोर्ट्स मिटमा नर्सरीदेखि कक्षा १० सम्मका करिव ६ सय विद्यार्थीहरूले भाग लिएको प्रिन्सिपल सुवालले जानकारी दिनुभयो । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो गतिविधिहरू गर्दै आएको प्रिन्सिपल सुवालले बताउनुभयो । स्पोर्ट्स मिटको विजेताहरूले आकर्षक ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Back to top button