
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद कर्मा घलेको मृत्यु भएको छ । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा घलेको मृत्यु भएको हो ।
५९ वर्षीय घलेको आज मध्यान्ह मृत्यु भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । घले लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । घले उपचारका लागि भारत पनि पुग्नुभएको थियो।
मनाङका उहाँ २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य हुनुभएको थियो ।
उहाँ कांग्रेसमा महासमिति सदस्य हो । सक्रिय राजनीतिका साथै सामाजिक कार्यहरुमा घलेको योगदान अतुलनीय रहेको प्रमुख सचेतक लेखकले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।