राष्ट्रिय सभाको उपनिर्वाचनका लागि मतदान सुरु

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनका लागि मतदान सुरु भएको छ। घोराही उपमहानगरपालिका–१५ स्थीत कर्मचारी मिलन केन्द्रको प्राङगणमा मतदान सुरु भएको हो।

यस्तै,लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले सुरुमा मतदान गर्नुभएको थियो। प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख–उपप्रमुखका लागि मतदानस्थलमा २ वटा मतदान केन्द्र निर्धारण गरिएको छ।

मतदान केन्द्र ‘क’मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख–उपप्रमुखहरुका लागि मतदानको व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवरले जानकारी दिनुभयो ।

मतदानका लागि समय दिउँसो ३ बजेसम्म तोकिएको छ। लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेको छ । जसमध्ये प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना रहेका छन्।

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उनमुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार बन्नुभएको छ ।

Back to top button