
काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । चिनियाँ राजदूत सोङ प्रतिनिधिसभाका सभामुख घिमिरेलाई भेटन आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुग्नुभएको थियो।
उहाँहरूबीच झण्डैं आधा घण्टा छलफल भएको छ । छलफलका क्रममा द्विपक्षीय हित र सहयोगका विषयमा कुराकानी भएको सभामुखको सचिवालय स्रोतले जनाएको छ ।