संसद हो कि चुनावी सभा छुट्याउन गाह्रो भयो : कांग्रेस सांसद पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको टिप्पणी गर्नुभएको छ । आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको उहाँले सुनाउनुभयो ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सांसद पोडैलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको बताउनुभयो । उहाँले अघि भन्नुभयो,‘मलाई यो संसद होकि चुनावी सभा हो? छुटयाउन गाह्रो भइरहेको छ ।’

यस्तै, मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दाबी गर्दै उहाँले त्यसको अन्त्य गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Back to top button