सीएनआई कोसी एक्स्पोमा आज नितेश जंग कुवँरको प्रस्तुती रहने

विराटनगर । विराटनगर–२ शंकरपुर मार्गमा जारी सीएनआई कोसी एक्स्पोमा आजको सन्ध्याकालिन सांगीतिक माहौल बनाउन ‘एनजेके भाइब्स’ अर्थात नितेश जंग कुँवरले आफ्नो प्रस्तुति दिंदै हुनुहुन्छ ।  एक्स्पोको सातौं दिनको साँझ उहाँले विराटनगर गुन्जाउने हुनुभएको हो ।

‘हाम्रो नेपालमा, फिर्ती माया, निष्ठुरी मोरी, गेडै जस्तो जिन्दगी, लौन के गर्ने, पीडित, बुझेउ होइन कुरा, लैबरी लै लै, छुट्टी, साथ सँधैको, बाल छैन, फस्र्ट डेट’ लगायतका उहाँका दर्जनौं गीत चर्चित छन् ।

नितेश जंग अहिलेको युवा पुस्तामाझ चर्चित ‘मेडिलियस पप एण्ड रक’ गायकका रुपचा चिनिनुहुन्छ । ‘एनजेके भाइब्स’ का साथै आज विराट चोकस्थित स्थानीय ‘नमूना ब्याण्ड’ को पनि प्रस्तुति रहने जनाइएको छ । बेलुका साढे ६ बजेसम्म १०० रुपैयाँमा टिकट पाइने छ ।

९ कक्षा मुनिका विद्यार्थीहरुका लागि भने उक्त समयभित्र टिकट दर ५० रुपैया“ मात्रै रहेको छ । साढे ६ बजेपछि भने टिकट दर २०० रुपैयाँ नै रहने छ । टिकट काटिसकेका अवलोकनकर्ताहरुले जुनसुकै समयमा पनि प्रवेशद्वारबाट सहज रुपमा एक्स्पो स्थलमा प्रवेश पाउने व्यवस्था गरिएको जनाइएको छ ।

Back to top button