एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई कांग्रेसले हराउँछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई कांग्रेसको उम्मेदवारले हराएरै छाड्ने बताउनुभएको छ । उहाँले एमालेको उम्मेदवार राष्ट्रपति भए त्यो ‘कठपुतली राष्ट्रपति’बन्ने टिप्पणी गर्नुभयो।

आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले हिजोको राष्ट्रिपतिका कारण फेरि एमालेको उम्मेदवार राष्ट्रपति बने संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको उहाँले बताउनुभयो।

‘हामीले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं। हराएर छोड्‍छौं। कोशिस गर्छौं ।लाग्छौं–लाग्छौं। स्वभाविक हो नि त। आँखा लगाउँछौं। भोटै माग्छौं। मत लिने कोशिस गर्छौं, उहाँले भन्नुभयो ।’

फेरि एमालेको उम्मेदवार राष्ट्रपति बने शीतल निवास र बालुवाटार शक्ति केन्द्र बन्ने र यसले स‌ंविधान खतरामा पर्ने उहाँको भनाइ छ । उहाँले राष्ट्रपति को हुने भन्नेभन्दा हिजोको राष्ट्रपतिको भूमिकाको डरबाट आफूहरू मुक्त हुन चाहेको बताउनुभयो ।

यस्तै, कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ।

Back to top button