राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्धारा पार्टी त्याग

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र जिम्मेवारी त्याग्नुभएको छ ।

उहाँले आज एक सूचना जारी गरी उपसभामुख निर्वाचित भएपछि आफू आवद्ध रहेको दल माओवादी केन्द्रको पार्टी सदस्यता र राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा गर्नुभएको हो ।

संविधानमा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा प्रतिनिधिसभाको सभामुख र उपसभामुख दलमा आवद्ध हुन नपाउने व्यवस्था छ ।

यस्तै, अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा २३ माघमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको थियो ।

Back to top button