गठबन्धनमा फाटो ल्याउने प्रयासमा राष्ट्रिय सहमतिको गीत गाइदैछ : मन्त्री भण्डारी

धनगढी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सत्ता गठबन्धनमा फाटो ल्याउने प्रयासमा राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने विचारहरु सार्वजनिक हुन थालेको टिप्पणी गर्नुभएको छ ।

आज प्रेस चौतारी कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले त्यस्तो योजना सफल नहुने बताउनुभयो । राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा चर्चाका लागि मात्र गरिएको भन्दै पद विशेषमा राष्ट्रिय सहमतिको कुरा गर्नु अर्थहीन हुने बताउनुभयो ।

‘५० लाख युवाहरुलाई स्वदेश फर्काउन, व्यापार घाटा न्यूनीकरण गर्न, आजको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता छ’, भण्डारीले भन्नुभयो,‘तर कुनै पद विशेषमा राष्ट्रिय सहमतिको गीत गाउनुको उद्देश्य अहिलेको गठबन्धनमा फाटो ल्याउने प्रयास हो, यसलाई सफल हुन दिदैनौँ ।’

Back to top button