हामी सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिदैनौं : नाउपा अध्यक्ष चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको बताउनुभएको छ ।

रावलले आज विश्वासको मत लिने तय भएको छ । तर सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको नाउपाले विश्वासको मत नदिने बताएको छ ।

अध्यक्ष चौधरीले भन्नुभयो,‘हाम्रो मागमुद्दा सम्बोधन नहुने भएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका छौं ।’

हिजो विश्वासको मत दिने कार्यक्रम स्थगित गरेर एमाले नेताहरुले नाउपाका नेताहरुसँग छलफल गरेका थिए । तर कुनै सहमति हुन सकेन । प्रदेशसभाबाट आज विश्वासको मत पाउनुभएन् वा लिनुभएन् भने रावल स्वतः पदमुक्त हुनुहुने छ ।

त्यसपछि संविधानको धारा ६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ ।

Back to top button