मायाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडको धितोपत्रको पारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ।

आज बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १३ माघ देखि १७ माघसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता साधारण सेयर निष्कनसन गरेको थियो ।

उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३ सय १३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७ सय ६० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये १ लाख ५६ हजार ६ सय २५ जनाको आवेदन रद्द भएको र १२ लाख ७८ हजार ६ सय ८८ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । सोही अनुसार स्वीकृत आवेदनमध्ये गोलाप्रथाबाट १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

मायाखोला हाइड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा १४ दशमलव ९ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड १३ लाख रहेको छ ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीको लागि आईपीओ निष्कासन गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ करोड बराबरको ३४ लाख कित्ता साधारण सेयरमध्ये निष्कासन गगर्ने अनुमति पाएको थियो । जसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० प्रतिशतले हुने १० करोड बराबरको १० लाख रुपैयाँ कित्ता सेयर निष्कासन गरेको थियो ।

यस्तै, सर्वसाधारणको लागि छुट्याइएको २४ लाख कित्ता मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि २ लाख ४० हजार कित्ता, सामूहिक लगानी कोषलाई १ लाख २० हजार कित्ता र कर्मचारीको लागि ४८ हजार कित्ता छुट्याइएको छ । बाँकी १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको थियो ।

Back to top button