उच्चस्तरीय संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली वार्तामा

काठमाडौं । सत्ता साझेदार दल सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक स्थगित भएको छ।

आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयन्त्रका संयोजकसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो।

यस्तै, सिंहदरवारमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारलगायतका विषयमा छलफल भइरहेको छ।

Back to top button