सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ। आजको बैठकमा मुख्‍यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको छ।

आज ४ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक भर्खरै सुरु भएको हो। सरकार जोगाउन आजको बैठकमा मुख्‍यमन्त्री रावलले विश्वासको मत लिनैपर्ने अवस्था छ। तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएसँगै बैठक हिजोदेखि २ पटक सर्दै आएको थियो।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो। उहाँ एकमहिनाअघि अन्य दलहरूको समर्थनमा मुख्‍यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

यस्तै, मुख्‍यमन्त्री नियुक्त भएको एक महिनाभित्रमा प्रदेशसभाबाट विश्वासको मत लिन नसके सरकार ढल्छ।

Back to top button