प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत सोङ्गबिच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गबिच आज शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानसेनापति शर्मासँग भेट्न राजदूत सोङ्ग आज सैनिक मुख्यालय जङ्गी अड्डा पुग्नुभएको थियो।

यस्तै, भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत सोङ्गबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

Back to top button