उच्चस्तरीय संयन्त्रको बैठक भोलि बस्ने

काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बिहान ९ बजे बस्ने भएको छ ।

आज दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष तथा सयन्त्रका संयोजक ओलीले छलफल गर्नुभएको थियो।

हिजो अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसँगको सहमतिपछि आजको लागि बैठक तय भएको थियो । तर, बैठक स्थगित गरेर ओली र प्रचण्ड छलफलमा बस्नुभएको थियो ।

Back to top button