उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । हिजो दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्छ ।

सरकारबाट बाहिरिएको रास्वपाले पनि सरकारलाई समर्थन जारी राखेको छ ।

संयन्त्रको बैठक स्थगित गरेर हिजो प्रधानमन्त्री प्रचण्ड र संयन्त्रका संयोजक तथा एमालेका अध्यक्ष ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो ।

Back to top button