
काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले मुलुक राजनीतिक सिन्डिकेटले चलेको बताउनुभएको छ । दलका नेताहरू भागबण्डा र स्वार्थमा तल्लिन हुँदा मुलुक उधोगतिमा अग्रसर भएको उहाँको भनाइ छ।
अध्यक्ष खरेलले मुलुक भयानक आर्थिक संकटर्फ धकेलिँदै गएको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताउनुभयो।
विवेकशील साझा पार्टीको पहिलो महाधिवेसनमा बोल्दै नेता खरेलले पदका लागि अधिकांश नेताहरू बालुवाटार र बालकोटा धाउने गरेको भन्दै आपत्ती जनाउनुभयो।
‘पदका लागि बालुवाटार,बालकोट धाउने गरेका छन्। यो राम्रो होइन। यो स्वार्थको लडाइँ हो,’उहाँले भन्नुभयो,‘यहाँ देशको चिन्ता कसैलाई पनि छैन।’
यस्तै, अध्यक्ष खरेलले आफू राजनीति गर्न नभइ समाज सेवा गर्न आएको बताउनुभयो।