
काठमाडौं । भारतका विदेश सचिव विनय मोहन क्वात्रा नेपाल भ्रमणमा आउने हुनुभएको छ । उहाँ ३ दिने औपचारिक भ्रमणका लागि फागुन १ गते सोमबार काठमाडौं आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लाग्नुभएको हो । नेपालका लागि विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो । नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता हुने कार्यसूची तय भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुहुने छ ।
यस्तै, कनेक्टिभिटी,ऊर्जा व्यापार,कृषि,स्वास्थ्य र संस्कृतिलगायत सहकार्यका विषयमा छलफल हुने बताइएको छ। यो भ्रमणबाट नेपाल–भारत सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने विश्वास गरिएको छ।