प्रधामनमन्त्री प्रचण्ड र बंगलादेशका राजदूत चौधरीबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुद्दीन नोमन चौधरीले प्रधामनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।

आज सिंहदवारस्थित प्रधानमन्त्री निवासमा पुगेर राजदूत चौधरीले उहाँसँग भेट गर्नुभएको हो ।

यस्तै, भेटमा नेपाल र बंगलादेशबीच हाइड्रोपावर, व्यापार तथा कनेक्टिभिटीबारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Back to top button