सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्धारा शपथ ग्रहण

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शाहले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिर्नुभएको हो ।

हिजो प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको थियो। नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ माग गर्दै आएको छ। रिहाइ नभएसम्म कुनै पनि सरकारलाई विश्वासको मत नदिने अडान लिँदै आएको छ।

यस्तै, मुख्यमन्त्री शाहले पनि १ महिनाभित्र विश्वासको मत लिनुपर्ने छ।

Back to top button