राष्ट्रिय सभा सदस्य दसौंदीद्धारा शपथ ग्रहण

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट दसौंदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो।

उहाँले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्नुभएको हो । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको हो ।

Back to top button