प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा हिजो साँझ बालुवाटार पुग्नुभएको थियो । भेटमा राष्ट्रपति निर्वाचन लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ र प्रधानमन्त्री प्रचण्डले पछिल्ला दिनमा कांग्रेस नेताहरुसँग निरन्तर भेटवार्ता गर्दै आउनुभएको छ ।

Back to top button