ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गर्ने हवल्दार गुरुङ निलम्बित

काठमाडौं । ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. जेनिथ सिंहलाई कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङ निलम्बनमा पर्नुभएको छ ।

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले गुरुङलाई निलम्बन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘वरिष्ठ प्रहरी हवल्दार गुरुङ निलम्बनमा पर्नुभएको छ। अब उहाँमाथि थप अनुसन्धान हुन्छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहनुभएका प्रहरी गुरुङले ट्रमा सेन्टरमा कार्यरत डा. जेनिथ सिंहमाथि हातपात गर्नुभएको थियो। गुरुङले डा. सिंहलाई वीर अस्पताल अगाडी कुटपिट गर्नुभएको थियो ।

Back to top button