एभरेष्ट कार्निभल एक भव्य महोत्सव: अभिभावक

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुल तथा कलेजले आयोजना गरेको एभरेष्ट कार्निभल २०७९ को अवलोकन गर्ने अभिभावकहरुले प्रशंशा गर्नुभएको छ ।

यो समारोह एउटा विद्यालय भित्रको कृयाकलाप मात्रै नभएर भव्य समारोह बराबर रहेको अभिभावकहरुले प्रतिकृया दिनुभएको छ । अभिभावकका रुपमा पुग्नुभएका युवा नेता रुपेश खतिवडाले कार्यक्रम भव्य रहेको प्रतिकृया दिनुभयो ।

यस्तै अर्का अभिभावक सुरेन्द्रमणि मण्डलले पनि विद्यालयले आयोजना गरेको यो कार्यक्रम विशेष रहेको बताउनुभयो । आफ्ना बच्चासहित प्लानेटेरियमका अवलोकन गर्नुभएका उहाँले साच्चै राम्रो कार्यक्रमको आयोजना भएको बताउनुभयो ।

एभरेष्ट कलेज परिसरको एउटा क्षेत्रमा भव्य औपचारिक कार्यक्रम भइरहँदा कतिपय अभिभावक र विद्यार्थीहरुको समूह भने बाहिरपट्टि भएका स्टलका प्रदर्शनीहरु हेर्न, अनुहारमा चित्र बनाउन, विभिन्न परिकारहरु खान, पुस्तकहरु छान्न ब्यस्त थिए ।

विज्ञानका विभिन्न परियोजना तयार पारेर प्रदर्शनीमा राख्ने विद्यार्थीहरु भने आफ्ना प्रोजेक्टहरुका बारेमा अवलोकन गर्नेहरुलाई बुझाइरहेका थिए ।

कतिपय विद्यार्थी तथा अभिभावकहरु प्लानेटेरियमको अवलोकनमा लाम लागिरहेका थिए । यहाँको दृष्य हेर्दा साच्चै हामीले बाहिर हेर्न एक्स्पोमा पुगेजस्तै अनुभूति भएको अर्का अभिभावक बलराम गिरिले बताउनुभयो ।

कार्निभलको दोस्रो दिन कक्षा ६ देखि १२ कक्षासम्मका अभिभावक तथा विद्यार्थीको सहभागितामा अभिभावक दिवस पनि मनाइएको छ ।

भव्य समारोहमा विद्यार्थीहरुले गायन, नृत्य, तथा बाद्यवादन, तथा संस्कृति झल्कने विभिन्न कृयाकलाप प्रस्तुत गरेको अभिभावक तथा अतिथिहरुलाई मन्त्रमुग्ध बनाए ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्दिकुमार राजभण्डारीले एभरेष्ट स्कुलले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नीजि विद्यालयले पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्, ति मध्ये एभरेष्टले गुणस्तरीय शिक्षाका लागि गरेको मेहनत सराहनीय छ ।

उहाँले प्रदेश १ को राजधानीमा रहेको एभरेष्ट स्कुल र सोलुखुम्बुको माउण्ट एभरेष्ट बोर्डिङ स्कुलबिच सहकार्य गर्न प्रस्ताव समेत राख्नुभयो । उहाँले यहाँ र त्यहाँका विद्यार्थीबिच अन्तरघुलन गराउन सक्दा संस्कृति रहनसहन, भौगोलिक अवस्था तथा शैक्षिक गुणस्तरका सवालमा महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरिले प्रविधि सीप र संस्कारलाई एकसाथ अवलम्बन गर्दै अघि बढेको बताउनुभयो । उहाँले २१ औं सताब्दिका बालबालिकालाई हामीले निखार्दै गर्दा २२ औं सताब्दीको ख्याल गरेर अघि बढ्नुपर्छ, हामी त्यसैगरि अगाडि बढ्ने प्रयास गरिरहेका छौं ।

हिजो देखि सुरु भएको कार्निभल भोली विद्यार्थीकलाकारहरुका साथमा राष्ट्रिय कलाकार कालिप्रसाद बाँस्कोटा अस्मिता अधिकारीलगायतको सांगितिक प्रस्तुती पछि समापन हुने विद्यालयले जनाएको छ ।

भोली दिउँसो १ बजेदेखि एभरेष्ट कलेज परिसरमा सांस्कृतिक कार्यक्रम हुने भन्दै प्रिन्सिपल पुरिले अवलोकनका लागि समेत आग्रह गर्नुभएको छ ।

Back to top button