राष्ट्रिय महिला फुटबल टोली भारत प्रस्थान

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ । एन्फाले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई आज बिदाइ गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई, सदस्यहरु रुपेश अधिकारी, पुरुषोत्तम थापा, पेमा लामा, सरला श्रेष्ठलगायतले उनीहरुलाई बिदाई गर्नुभएको हो ।

यस्तै, मुख्य प्रशिक्षक अनन्त राज थापाले मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा गरिसक्नुभएको छ । भारतसँग नेपालले चेन्नईमा फेब्रुअरी १५ देखि १८ मा मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ ।

Back to top button