सांगितिक कन्सर्टसँगै एभरेष्ट कार्निभल सम्पन्न (फोटो फिचरसहित)

विराटनगर । भव्य सांगितिक कन्सर्टसहित विराटनगर– ५ स्थित एभरेष्ट स्कुल तथा कलेजले आयोजना गरेको तीन दिने कार्निभल सम्पन्न भएको छ ।

२७ गतेदेखि सुरु भएको कार्निभलको आज अन्तिम दिन गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा, गायीका रचना रिमाल र लोक गायिका अन्जु गौतमसँगै एभरेष्टका विद्यार्थीहरुले विभिन्न प्रस्तुति राख्दै उपस्थित सबैलाई नचाएका थिए ।

‘माया रैछ र त भर रैछ नी’, ‘निरा जैले रिसाउने’ ‘इन्स्टाको फोटो’ ‘जुनी काट्छु भन्थ्यौं नि म सँग’ ‘अजम्बरी लाउँला पिरती’ लगायतका आधा दर्जन बढी गित गाएर उपस्थित विद्यार्थी अभिभावक शिक्षक तथा अतिथिहरुलाई भरपुर मनोरञ्जन दिलाउनुभएको थियो ।

गायक कालिप्रसादले गित गाईरहँदा एभरेष्ट कलेजकी छात्रा सृष्मा काफ्लेसँगै ‘डोयड’ गाउँदा विद्यार्थी तथा अभिभावक निकै हौसिएका थिए ।

विद्यार्थी काफ्लेले आफुसँगै गाउने विद्यार्थीको प्रतिभा देखेर हर्षिद भएको भन्दै पढाईका अतिरिक्त कृयाकलापलाई महत्व दिने विद्यालयलाई नै रोज्नुपर्ने बताउनुभयो ।

यस्तै गायिका रचना रिमालले ‘फोटो फ्रेममा’ ‘उनको प्रिती’‘सुनन पियारी, भनन पियारा’‘चाहन्छु माया बढोस्’ ‘सम्झिने पानी छम्किने’लगायतका आधा दर्जन भन्दा बढी गित गाउनुभयो । गायिका रिमालले स्टेजबाट ओर्लीएर दर्शक दिर्घामा रहेका विद्यार्थी र अभिभावकका बिचमा पुगेर गित गाउँदा सबै हर्षिद भएका थिए भने उहाँसँग धेरैले सेल्फी खिच्ने मौका समेत पाएका थिए ।

लोक गायिका अञ्जु गौतमले पूर्वी लोकभाकाका गित संगीत पस्कदै उपस्थितलाई मनोरञ्जन दिलाउनुभएको थियो । समारोहमा रमाइरहेका कक्षा १२ का विद्यार्थी प्रणम्य उप्रेतीले कार्निभलले मनोरञ्जनसँगै धेरै नयाँ कुरा सिक्ने सिकाउने अवसर प्रदान गरेको बताउनुभयो ।

यस्तै कक्षा १२ कै विद्यार्थी अनन्त देव र रिया कार्कीले कार्निभल निकै रमाइलो भएको भन्दै यसले आफु भित्र रहेका प्रतिभा देखाउने, तथा विद्यार्थीहरु भित्रका क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताउनुभयो । कक्षा ९ की विद्यार्थी पूर्णीमा विश्वास र कृषा कार्कीले मनोरञ्जनका साथै इनोभेसनहरुको प्रदर्शनीबाट धेरै कुरा सिक्न पाएको बताउनुभयो ।

तीन दिवसीय कार्निभलको अन्तिम दिन मात्रै सहभागि भएको बताउने अभिभावक लक्ष्मी कार्कीले भने यहाँ त कुनै एक्स्पो चलिरहेको जस्तो अनुभूति भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘एकातिर कन्सर्ट चलिरहेको छ, अर्को तिर विभिन्न प्रदर्शनी भइरहेको छ । कोही खानामा ब्यस्त छन्, कोही पुस्तक छान्ने र अवलोकनमा व्यस्त । ठ्याक्कै एस्पो जस्तै ।’

कार्यक्रमकी प्रमुख अतिथी विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले एभरेष्ट स्कुलले शैक्षिक क्षेत्रको योगदानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

उहाँले यस्ता शैक्षिक संस्थाहरु बाह्य मुलुकका लागि पनि शैक्षिक गन्तव्य बन्न सक्नुपर्ने तर्क गर्नुभयो । अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण भएका विद्यालयहरु बिदेशका विद्यार्थीको रोजाईमा पर्ने वातावरणको सृजना गर्न आग्रह गर्नुभयो ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले कार्निभलको अवलोकनबाट अभिभावकहरुले आफ्ना विद्यार्थीको क्षमता र ज्ञानलाई बुझ्ने अवसर प्रदान गरेको विश्वास ब्यक्त गर्दै सांगितिक कार्यक्रम विद्यार्थी, शिक्षक र कर्मचारीको मनोरञ्जनका लागि लक्षित गरिएको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन तथा म्युजिकल इन्स्ट्रुमेन्ट बजार कौशलता प्रदर्शन गरेका थिए । यस्तै विराटनगरको टप डान्स स्टुडियो र डाइनामिक डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गर्नुभएको छ।

तीन दिने कार्निभल सम्पन्न भएसँगै भोली एकदिनका लागि विद्यालय विदा गरिएको प्रिन्सिपल पुरीले जानकारी दिनुभयो ।

Back to top button