ताप्लेजुङको ओलाङचुङ्गोलालाई केन्द्रबिन्दु बनाएर भूकम्प

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प ताप्लेजुङ र आसपासको जिल्लामा समेत महशुस गरिएको थियो ।

ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिनुभयो। यस्तै, ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर २०७७ साल माघ २७ गते पनि ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Back to top button